नदीको किनारमा भेटिए सयौं बेवारिस शव

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, गंगा नदीले बगाएका बेवारिस शव भारतको विभिन्न स्थानमा यत्रतत्र भेटिन थालेको छ।

कोरोना महामारीको बीचमा यति धेरै बेवारिस शव भेटिनुलाई चिन्ताको विषय बनेको छ। पछिल्लो पटक भारत बिहारमा अवस्थित गंगा नदी किनारमा बेवारिस ७१ शव भेटिएका छन्।

यसअघि पनि उत्तर प्रदेशको गाजिपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए।

ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने अझैँ खुलासा हुन सकेको छैन। अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरू बताउँछन्।

 

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्