फिल्म ‘प्रेमगञ्ज’को युनिट काठमाडौं फर्किए
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख ३१, फिल्म ‘प्रेमगञ्ज’को युनिट काभ्रेको कात्तिके देउरालीमा वैशाखको पहिला सातादेखि छायाँकनमा रहेको फिल्म युनिट लकडाउन लम्बिएको कारण सुटिङ रोकेर अहिले काठमाडौं फर्किएको हो ।
फिल्मको ६० प्रतिशत छायाँंकन सकिएको र बाँकी छायांँकन कोरोना महामारीको प्रभाव कम भएर निषेधाज्ञा हटेपछि हुनेछ ।
त्यसैगरी फिल्मका निर्देशक परिच्छेद सेन हुन् । प्रेम कथामा निर्माण भएको फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, रश्मी भट्ट, नरेश पौडेल, तेज गिरी, रामबाबु रेग्मी, गीता अधिकारी, पवन भट्टराई, संजोग रसाईली, गित बिष्ट, राईडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, अन्चित ढुङ्गाना लगायत कलाकारको अभिनय रहनेछ । एजेन्सीहरुको साथमा ।