‘विर विक्रम २’ हिन्दी भाषामा
सहयात्रा टिभी
काठमाडौं । बैशाख ३१, नेपाली चलचित्र ‘विर विक्रम २’लाई हिन्दी भाषामा पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।
त्यस्तै निर्देशक मिलन चाम्सले चलचित्रको क्लिप्स सामाजिक संजालमा शेयर गर्दै कोरोना महामारी जारी रहेको खण्डमा हिन्दी भाषमा डबिङ गरिएको चलचित्रलाई युटुबबाट रिलिज गर्ने जानकारी दिएका बताईएको छ ।
पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी अभिनित यो चलचित्रले मित्रताको कथा भन्छ । नेपालमा औषत व्यापार गरेको यो चलचित्रले हिन्दी भाषामा दर्शकको साथ कस्तो पाउने हो त्यो भने हेर्न बाँकी रहेको छ ।