जापानको फुकुसीमामा शक्तिशाली भूकम्प

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१, जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्‍निच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराइ केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।

उक्त भूकम्पको तिब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षभरि सानाठूला भूकम्प गइरहन्छन् । –सिन्ह्वा

 

 

 

 

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्