बर्दियामा थप दुई संक्रमितको मृत्यु

सहयात्रा टिभी

बर्दिया । जेठ १, बर्दियामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ठाकुरबाबा नगरपालिका–१ की ३४ वर्षीया महिला र गुलरिया नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको बताईएको छ।

त्यसैगरी ठाकुरबाबाकी महिलाको शनिबार बिहान करिब ३ बजे बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। उनी पाँच महिनाको गर्भवती पनि रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जनाकारी दिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई वैशाख २४ गते भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो।

यस्तै, गुलरियाका पुरुषको शनिबार बिहान पौने ५ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

 

प्रकाशित : 15 May, 2021

प्रतिक्रिया दिनुहोस्