चन्द्रागिरि नगरपालिका एक हप्ताका लागी सिल

सहयात्रा टिभी

काठमाडौं । जेठ १, काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक हप्ताका लागि सिल गरिएको छ ।

नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो ।

उक्त क्षेत्रमा घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अरु सेवा र पसल पूर्णरुपमा बन्द रहने नगरप्रमुख गिरीले बताए ।

एम्बुलेन्स सहित स्वास्थ्य, खानेपानी, दुग्ध, फोहोरमैला र कृषि उपजका गाडी स्वास्थ्यका मापदण्ड पालना गरी गुड्न पाउने नगरप्रमुख गिरीले बताए ।

 

प्रकाशित : 15 May, 2021

प्रतिक्रिया दिनुहोस्