सुनसानमा लुकेको सौन्दर्य (फोटो फिचर)

म्याग्दी । जेठ २, ‘संकटका बेला मानिसले आफन्त र प्रकृतिलाई राम्रोसँग चिन्ने मौका पाउँछ।’
जिल्लाहरुका बजार सुनसान छ। कोरोना भाइरसको संक्रमण शुरू हुनुअघि आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमनले भरिभराउ हुने मुस्ताङ र म्याग्दीको सदरमुकाम बेनी अहिले मानिसविहीन बनेका छन्।
तर, यही मौका पारेर प्रकृति भने उदात्त हाँसिरहेको छ। यस्तो लाग्छ–मौन प्रकृतिले मानिसको दम्भ र अहम्लाई गिज्याइरहेको छ।