निषेधाज्ञा र फूलखेतीमा आश्रित किसान (फोटो फिचर)

काठमाडौं । जेठ ३, नागार्जुन नगरपालिका, इचँगुका अधिकांश किसान फूलखेतीमा आश्रित छन् । अघिल्लो पटक लकडाउनमा सबै किसानले फूल खेर गएपछि यसपटक पनि त्यसै फल्नुपर्ने हो कि भनेर किसानहरु पिरोलिएका छन् ।
माइली तामाङ भन्छिन्, ‘आफ्नो जग्गा थोरै छ । एक रोपनी जग्गा भाडामा लिएर काम गरिरहेका छौं । सबै काम खेताला लगाएर गर्नुपर्छ । गोड्नुपर्यो, मल हाल्नुपर्यो ।’ अघिल्लो वर्ष लकडाउनमा २–३ लाख घाटा भएको उनी बताउँछिन् । उनी फुल लिएर असन, इन्द्रचोक, मछिन्द्रबहालसम्म पुग्थिन् । अहिले उनी त्यसरी हिँड्न पाउँदिनन् । यसैले उनका फूल लिएर श्रीमान् हिँडेरै असनसम्म जान्छन् । त्यहाँ लगेर लोकल व्यपारीलाई फूल दिन्छन् । निषेधाज्ञा हुनु माइली । अहिले उनका श्रीमान् दिन बिराएर पैदलै बजार जान्छन् ।