आज बैशाख शुक्ल षष्ठी–गङ्गा सप्तमी व्रत, गणेशजीको नाम लिदै आजको राशिफल पढ्नुहोस् !
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ ४,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ठूलो भागको आशाले हानि पुर्याउने हुँदा सजग रहनुहोला ।आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। चिताएका काम सम्पादन हुनेछन्।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार र उद्योगमा फाइदा हुनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। हिम्मत गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
पारिवारिक जमघटले आनन्द दिलाउनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।दिगो काम प्रारम्भ हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी अरूका हातमा जानाले उत्साहमा कमी आउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सामान्य फाइदा भइरहनेछ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
अधुरा काम बन्नेछन् तर आफ्नाबाट धोका हुन सक्छ, सजग रहनुहोला।भाग्यले साथ दिनेछ र शुभचिन्तकहरू जुट्नाले लक्ष्य प्राप्ति हुनेछ।कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूले साथ दिनेछन् र चिताएको लाभ उठाउन सकिनेछ।स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ होला। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मिहिनेतले चिताएको काम बन्नेछ।स्वास्थ्यप्रति अलि सजग रहनुहोला। अध्ययनमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रियजनसँगको भेटघाटले काममा उत्साह जगाउनेछ। फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला। वादविवादबाट जोगिनुहोला।अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। कृषि, पशुपालनमा फाइदा हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। आँटेको काम बन्नाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले सफल भइनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आफन्तहरूको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बहकाउ र भौतिक साधनको कमीले अप्ठ्यारो पर्नेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला । प्रारम्भमा स्वास्थ्य कमजोर देखिए पनि व्यक्तित्व निखार्ने अवसर जुट्नेछ।