फेसबुकका उपाध्यक्षले दिए राजीनामा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ ५, फेसबुकले अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी (एआर तथा भिआर) को क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदैछ ।
यस वर्ष स्मार्ट चश्मा बजारमा ल्याउने गरी फेसबुकले काम गरिरहेको अवस्थामा चश्मा सार्वजनिक हुनु अगावै फेसबुकको सोही विभाग हेर्ने उपाध्यक्षले राजीनामा दिएको बताईएको छ । आगामी दिनमा स्वास्थ्य सेवा प्रविधिको क्षेत्रमा नयाँ अन्वेषण गर्नका लागि फेसबुक छाड्न लागेको उनले जनाए ।
त्यसैगरी कुनै समय चिनिया स्मार्टफोन कम्पनी शाओमीको भारतस्थित शाखाको जिम्मेवारी सम्हालेका बार्राले गुगल कम्पनीको एन्ड्रोइड प्रडक्ट म्यानेजमेन्ट इकाइमा उपाध्यक्षको रुपमा काम गरेका थिए । चार वर्ष अघि उनले शाओमी छाडेर फेसबुकमा जागिर सुरु गरेका थिए । फेसबुक छाडेपछि कहाँ जाने भन्ने बारेमा चाहिँ बार्राले केही खुलाएका छैनन् ।
उनी भन्छन्,’विश्व नै महामारीबाट गुज्रिरहँदा गत वर्ष भएका घटनाक्रमहरुका बारेमा मैले धेरै सोँचविचार गरेँ । मलाई लाग्छ हाम्रो स्वास्थ्यको बारेमा बुझ्न तथा हाम्रो स्वास्थ्यमाथि नियन्त्रण कायम गर्नका लागि हामीलाई आवश्यक पर्ने साधनहरु पर्याप्त छैनन् । यो तथ्यबाट प्रेरित हुँदै प्रविधिको क्षेत्रमा २० वर्षसम्म काम गरेको अनुभव समेतका आधारमा मैले पूर्णरुपमा फरक कुरा प्रयास गर्ने निर्णय गरेको छु । मेरो लागि अज्ञात क्षेत्रमा हाम फाल्दै स्वास्थ्य सेवा प्रविधिको क्षेत्रमा नयाँ अन्वेषण गर्न चाहन्छु ।’ एजेन्सीहरुको साथमा ।