नाजिरद्धारा अक्सिजन जुटाउन एक लाख सहयोग
सहयात्रा टिभी
काठमाडौं । जेठ ६, अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन एक लाख सहयोग गरेका छन् ।
महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग दिएका हुन् । सो संस्थाले महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
‘दर्शकको साथ र मायाले आफु अहिलेको स्थानमा आउन सफल भएको हो । दर्शकलाई कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्न सक्दिन ।’ नाजिरले भने ।