४२ वर्ष दिन र ४२ वर्ष रात हुने सौर्यमण्डलको एउटा ग्रहको रहस्य

काठमाडौं । जेठ ७, सौर्यमण्डलको तेश्रो ठूलो ग्रहको रुपमा रहेको अधिकांश ग्याँसबाट बनेको अरुण ग्रह घनत्वका आधारमा चाहिं चौथो ठूलो ग्रह हो ।
यो ग्रहलाई ग्याँस दानवको रुपले पनि चनिन्छ जसमा अनेक खालका रहस्य र अनौठा तथ्यहरुले भरिएको छ ।
यो ग्रह आफ्नो अक्षमा ९८ डिग्रीको कोणमा झुकेको छ । त्यहाँ सधैंजसो आँधीबेहेरी चल्दछ । हावाको उच्चतम गति ९०० किलोमिटर प्रतिघण्टासम्म पुग्दछ ।
अरुण ग्रहको अर्को रोचक तथ्य त के भने यसमा ४२ वर्षसम्म रात हुन्छ र अर्को ४२ वर्षसम्म दिन । जसका कारण अरुण ग्रहको एउटा ध्रुव लगातार ४२ वर्षसम्म अँध्यारो हुन्छ भने अर्को ध्रुवमा सूर्यको प्रकाश पर्दछ ।
अरुण ग्रह सूर्यबाट झण्डै ३ अर्ब किलोमिटर टाढा छ । त्यहाँको औसत तापक्रम माइनस १९७ डिग्री रहेको छ भने न्यूनतम तापक्रम माइनस २२४ सम्म पुग्दछ ।
सूर्यबाट निकै टाढा रहेको कारणले यो ग्रहमा सूर्यको प्रकाश पुग्नका लागि दुई घण्टा ४० मिनेट समय लाग्दछ । जबकि पृथ्वीमा सूर्यको प्रकाश आइपुग्नका लागि ८ मिनेट २० सेकेण्ड लाग्दछ । यो ग्रहले आफ्नो कक्षमा एक फन्को लगाउनका लागि १७ घण्टा लगाउँदछ । यसको अर्थ अरुण ग्रहमा १७ घण्टाको एक दिन हुन्छ ।
एजेन्सीको सहयोगमा