कोभिडविरूद्ध चाहिने सामग्री अमेरिकाद्धारा नेपाललाई तीन जहाजमा पठाउँदैछ

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, राष्ट्र संयुक्त राज्य अमेरिकाले कोरोनाभाइरसविरूद्ध चाहिने सामग्री नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ।

अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ।

तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ। गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले ट्वीट गर्दै नेपाललाई गरिने सहयोगबारे जानकारी दिएका छन्।

 

प्रकाशित : 21 May, 2021

प्रतिक्रिया दिनुहोस्