यो लकडाउनमा फिल्म ‘डमरुको डण्डिवियो’ निशुल्क हेर्नुहोस्

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, अभिनेता खगेन्द्र लामिछाने, मेनुका प्रधान अभिनित फिल्म ‘डमरुको डण्डिवियो’ निषेधाज्ञामा घरमा रहेका दर्शकलाई समय बिताउन सजिलो होस् भनेर सिनेमा घर एपमा निशुल्क उपलब्ध गराइएको छ ।

स्व. निर्देशक छेतेन गुरुङ्गद्धारा निर्देशित फिल्म केही वर्ष अगाडि प्रदर्शित फिल्म हो । ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपालीलाई झनै धेरै त्रसित बनाएको छ । हाम्रो लागि यो समय निकै नै कठिन र चुनौतीपूर्ण छ । हालको समय मनोरञ्जन पूर्ण र यादगार बनोस् भनेर यो फिल्म निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ’ अभिनेता लामिछानेले बताए ।

सिनेमा घर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगायतमा उपलब्ध हुनेछ ।

प्रकाशित : 21 May, 2021

प्रतिक्रिया दिनुहोस्