‘मेरो प्यारो ओखलढुङ्गा’ गीतको भिडियो सार्वजनिक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
ओखलढुङ्गा । जेठ १०, ‘मेरो प्यारो ओखलढुङ्गा’ बोलको गीत भिडियो युगकवि सिद्धिचरण श्रेष्ठको ११०औं जन्म–जयन्तीको अवसर पारेर सार्वजनिक भएको छ।
गीतमा श्रेष्ठको रचना र स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको छ भने भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन्। युगकवि श्रेष्ठबारे अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमुलक यात्रालाई प्रस्तुत गरिएको गीतमा समीक्षा पोखरेल, महेश खड्का एंव दिनेश डिसीको अभिनय रहेको छ।