आज उपत्यकाका तीन सिडिओको बैठक, १५ दिनसम्म निषेधाज्ञा लम्ब्याउने तयारी

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, मङ्गलवार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक ११ बजे बस्दै छ।

उक्त बैठकले थप ७ देखि १५ दिन सम्मको लागी उपत्यकामा निषेधाज्ञा कायम राख्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम कुमार भट्टराईले बताए।

हालै सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने कुरा आजको बैठकमा बिशेष रुपले चल्फको विषय बन्ने देखिएको छ।

सरकारले हालै जारि गरेको अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई छ महिनासम्म कैद र तीनलाख रुपयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

 

प्रकाशित : 25 May, 2021

प्रतिक्रिया दिनुहोस्