पाल्पाको सुनसान ‘श्रीनगर डाँडा’ (फोटो फिचर)

पाल्पा । जेठ १२, श्रीनगर डाँडामा पाल्पालाई चिनाउने करुवा आकारको भ्यू टावर रहेको छ ।
१० तलाको रहने उक्त भ्यू टावरको नवौ तलामा चिया क्यान्टीन सञ्चालन गर्ने, बूढाबूढी समेतमाथि सम्म पुग्न सकुन भनेर लिफ्ट सञ्चालन गरिने योजना निर्माण समितिको रहेको छ ।
यस भ्यू टावरबाट पाल्पा, स्याङ्गजा, गुल्मी, अर्घाखाँची, पर्वत, तनहुँ, कास्की लगायतका विभिन्न जिल्लाहरूको सहजै अवलकोकन गर्न सकिनुका साथै विभिन्न हिमश्रृंखलाहरूको समेत दृश्यावलोकन गर्न सकिने छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाले गर्दा श्रीनगर डाँडा सुनसान छ।