मुख गनाउँने समस्या छ भने यसो गर्नुहोस्
काठमाडौं । जेठ १४, मुखबाट दुर्गन्ध आउने तथा स्वास गन्हाउने लगायतका समस्या आम समस्या हुन् र धेरै मानिस यो समस्याबाट पीडित हुन्छन् । कहिलेकाहीँ मुख गन्हाएका कारण लाजमर्दो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ र मुख छोपेर वा लुकाएर कुरा गर्नुपर्ने बाध्यता पनि आउँछ । मुख गन्हाउने मान्छेसँग कुराकानी गर्न कसैलाई पनि मन पर्दैन । त्यसैले यस्तो समस्या हुने व्यक्तिको सामाजिक जिवनमा पनि खलल पुग्छ ।
मुख गनाउने समस्या छ भने यी कुराहरुमा ध्यान दिनुहोस्:
-मुख गनाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने किनकि यो ब्रस र फ्लस गर्दा पनि जाँदैन।
-पानी पर्याप्त पिउने जसले शरीरमा सन्तुलन गर्छ र मुख सुक्खा हुन्न।
-टङ क्लिनरले जिब्रोलाई नियमित सफा राख्ने।
-कफी र गुलियो खानेकुरा कम गर्ने।
-सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने।
-नक्कली दाँतको उपचार गर्दा अझ खाना अड्किने,राम्रो सफा नहुनेलाई राम्रोसँग सफा गर्ने।
-एउटै ब्रस ३ महिनाभन्दा बढी प्रयोग नगर्ने।
-खाना खाएपछि कुल्ला गर्ने।
-गुलियो अथवा चकलेट, चुइगम कम प्रयोग गर्ने।
-गिजा सुन्निए उपचार गर्ने।
-पिनास, टन्सिलको उपचार गर्ने।
-धूमपान अथवा सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने।
-घाउरखटिरा र रातो, सेतो प्रकारका घाउको उपचार गर्ने।
-मुखमा अम्लको मात्रा आउन नदिने।-धेरै तातो र धेरै चिसो नखाने ।