अर्जुन कपुरले किने २० करोडमा स्काई भिल्ला

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, बलिउडका कलाकारहरुले आफ्नो जिवन आलिसानले विताउन चाहन्छन् । एउटै चलचित्रबाट करोडौ आम्दानी गर्ने बलिउडका कलाकारहरुको जीवनशैली लोभलाग्दो छ । उनीहरु मुम्बइको महंगो इलाकामा आलिसा भिल्लामा रमाउने गरेका छन् ।

त्यस्तै नायक अर्जुन कपुरले मुम्बइको बान्द्रा इलाकामा महंगो रकममा स्काई भिल्ला किनेका छन् । उनले खरिद गरेको नयाँ भिल्ला २५ औं तलामा छ । यो स्काई भिल्ला ‘८१ ओरिएट’ नामक विल्डिङ प्रोजेक्ट रहेको भारतीय मिडियाले बताएका छन् । यो भिल्ला एक इन्टरनेशनल डिजाइन टावर हो । जहाँबाट अरेबियन सागर र मुम्बइको ग्लिटरिंग स्काई लाइन देखिन्छ ।

उक्त भिल्लाको डिजाइन विश्वकै प्रसिद्ध डिजाइनर एचबीएले डिजाइन गरेका हुन् भने भिल्लाको मुल्य २० करोड रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 

प्रकाशित : 28 May, 2021

प्रतिक्रिया दिनुहोस्