कोरोना संक्रमणका कारण गायिका राईको निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ १६, गायिका लासिमित राईको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । सो समाचार संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।’