साउदी अरबले लगाएको प्रतिबन्ध ११ देशलाई आजबाट हटाईयो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ १६, साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि लागाईएको प्रतिबन्ध यात्रा आजबाट हटाएको छ जसमा अमेरिका र बेलायत पनि समावेश रहेको छ ।
त्यसैगरी गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताए ।
साउदीले कूल २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो तर अब ११ देशबाट भने प्रतिबन्ध हटाइएको छ । यात्रा प्रतिबन्ध हटाइएका देश – यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटली, पोर्चुगल, यूके, स्वीडेन, स्विटजरल्याण्ड, फ्रान्स र जापान हुन् ।