टिकटकले जलायो बालिकाको शरीर
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ १६, अमेरिकाको ओरेगनस्थित १३ वर्षीया डेस्टिनी क्रेन नामकी बालिका टिकटकमा फायर च्यालेन्जभिडियो बनाउन खोज्दा जलेर आईसियुमा भर्ना भएकी छिन्।
आमा किम्बर्ली क्रेनका अनुसार पोर्टल्यान्डस्थित घरमा डेस्टिनी बाथरुममा टिकटक भिडियो बनाउदा आगलागीमा परिन् । डेस्टिनीकी दिदी आन्द्रियाका अनुसार यो घटना १४ मेईको हो र डेस्टिनीकी साथी पनि घटनास्थलमा थिइन् ।
आन्द्रियाको बुझाईमा उनकी बहिनीले एउटा त्यस्तो भिडियोको नक्कल गर्दै थिइन् । जहाँ, बाथरुमको ऐनामा एक मानिसले हेयरस्प्रे छर्छन् र त्यसपछि स्पे्र गरिएको ठाउँमा मैनबत्तीको सहायताल आगो लगाउँछन् । अनि बत्ती निभाउँछन् । अध्येंरोमा वर्गाकार आकारमा फैलिएको आगोको रंग निलो देखिन्छ ।
पोटल्यान्ड फायर एन्ड रेस्क्युको टोलीले तत्कालै यी बालिकालाई उद्धार गरेको थियो । फायर फाइटर रब ग्यारीसनका अनुसार यस्ता च्यालेन्जे धेरैको जीवन जोखिममा पारेको छ ।