एउटा अचम्मको ढुंगा जुन फुटाउँदा रगत र सेतो मासु आउँछ

काठमाडौं । जेठ १८, ढुंगा एक कडा किसिमको वस्तु हो । चट्टानको सानो सानो टुक्रालाई ढुंगा भनिन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् ।
चिली र पेरुका समुद्रमा यस्ता प्रकारको ढुंगा पाइन्छन् । ढुंगालाई फुटाउँदा यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ । ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ ।
पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् । ढुंगालाई फोर्नेबित्तिकै रगत निस्कन्छ । यसलाई पिरियड रक पनि भनिन्छ ।
खासमा यो ढुंगा समुद्री जीव हो । यससँग लिंग परिवर्तन गर्ने क्षमता छ र यसले बच्चा पनि जन्माउँछ । यो जीव ठ्याक्कै ढुंगा जस्तै देखिन्छ । मानिस यो ढुंगाको खोजीमा समुद्रतलमा पुग्छन् र यसबाट निस्कने मासु खान मन पराउँछन् । एजेन्सीको साथमा ।