टी २० मा २० टिमः एकदिवसीय क्रिकेट विश्वकप

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको बोर्ड बैठकले यस प्रतियोगितामा सहभागी टोलीहरुको संख्या बढाउने निर्णय गरेसँगै सन् २०२७ को पुरुष एकदिवसीय विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यस्तै आईसीसीले २०२३ देखि २०३१ सम्मका लागि सार्वजनिक गरेको नयाँ क्यालेन्डरमा यस्ता धेरै हेरफेर देखिएको छ भने जसअन्तर्गत प्रत्येक दुई वर्षमा आयोजना हुने टी २० विश्वकपमा पनि २० टोली सहभागी हुने बताईएको छ ।

हाल जारी रहेको वर्ल्ड टेस्ट च्याम्पियनसिपलाई २०२५, २०२७, २०२९ र २०३१ मा पनि निरन्तरता दिइने आईसीसीले निर्णय गरेको छ ।

५० ओभरको च्याम्पियन्स ट्रफी पनि फेरि सञ्चालन हुनेछ । पछिल्लोपटक २०१७ मा आयोजना भएको च्याम्पियन्स अब २०२५ र २०२९ मा आयोजना हुनेछ । एजेन्सीहरुको साथमा ।

 

 

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्