एउटै माछाले बदलिदियो उसको भाग्य !
सहयात्रा टिभी
काठमाडौं । जेठ १९, पाकिस्तानको बलुचिस्तान स्थित ग्वादरमा माछा मारेर जीवीकोपार्जन गर्ने एक साधारण माझीको भाग्य एउटै माछाले बदलिएको छ।

माछा मार्ने क्रममा उनले ४८ केजीको एक दुर्लभ माछा फेला पारे जसलाई माझीले ७३ लाख पाकिस्तानी रुपैयामा विक्री गरेका छन् ।
बडी क्रोकर यो माछा युरोप र चीनमा उच्च मुल्यमा बिक्री हुने गर्दछ ।
डुंगाका मालिक अबाबकरले यो माछाको पाकिस्तानी मुल्य ८४ लाख भन्दा बढीमा लिलामी भएको तर छुट दिने परम्पराका कराण ७२ लाख मात्र हात परेको बताए ।


