हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २०, चर्चित हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् ।
मोवाइल चार्ज गर्न खोज्दा मोबाइलको पावर बैंक पड्किएर घाइते भएका उनलाई उपचारका लागि गत राती नै स्टार अस्पताल भर्ना गरिएको हो ।
‘मोवाइलको ब्याट्री सकियो भनेर चार्ज गर्न खोज्दै थिए । एक्कासी पावर बैंक पड्कियो’ त्रिपाठीले भने, ‘पावर बैंक पड्किँदा ठुलो बिजुलीको झट्का दिँदो रहेछ ।’ बिजुलीको झड्का पछि आफु बेहोस भएको र होस खुल्दा अस्पतालमा पाएको त्रिपाठीले सुनाए । त्रिपाठीले अहिले आफ्नो अवस्था एकदमै ठिक रहेको बताए ।