विश्वकप छनोटः नेपाल र जोर्डन भिड्दैं

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग भिड्ने भएको छ।

त्यस्तै कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग राति ९ः४५ बजे खेल्दै छ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले जित सहितको लक्ष्य रहेको बताइसकेका छन्।

यसअघि चाइनिज ताइपेलाई २-० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ।

छनोटको समूह ‘बी’मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ। नेपाल तालिकाको चौंथो स्थानमा छ। जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

नेपालले जोर्डनविरुद्ध हालसम्म तीन खेल खेलेको छ। जसमध्ये नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ भने एक खेल बराबरी खेलेको छ।

नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो। जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९-० ले पराजित भएको थियो। त्यसको केही दिनमै घरेलु मैदानमा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो।

दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेपछि नेपालले बराबरी खेलेको थियो। जोर्डनका अल मुर्जनले गोल गरेका थिए। पछिल्लो खेलमा भने नेपाल ३-० ले पराजित भएको थियो।

 

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्