जर्मनीको फराकिलो जित

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, युरोकपअघिको अन्तिम मैत्रिपूर्ण खेलमा जर्मनीको जित भएको छ ।

सांकेतिक तस्बीर

जोआचिम लोको प्रशिक्षणमा रहेको टोलीले लात्भियामाथि ७–१ को जित निकालेको हो ।

प्रशिक्षक लोआचिमले ३–४–३ को फम्र्याटमा टोली उतारेका थिए । जहाँ, रोबिन गोसेन्स लेफ्ट विंग ब्याक, जोसहुवा किम्मिच राईट फ्ल्यांक तथा टोली क्रोस र इल्के गुन्डोगान मिडफिल्डमा थिए ।

गोसेन्सले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए भने इल्के गुन्डोगान, थोमस मुलर र सर्जे जिनाब्री तथा रोबर्टस् ओजोल्सले आत्मघाती गोल गर्दा जर्मनी पहिलो हाफमा ५ गोलको अग्रता लिन सफल भयो । दोस्रो हाफमा टिमो वेर्नर र लेरोय सानेले थप गोल गर्दै जर्मनीको अग्रता फराकिलो बनाए । एजेन्सीको साथमा ।

 

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्