क्यानडामा एक हमलामा मुस्लिम परिवारको हत्या
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २५, क्यानडामा आइतबार सुनियोजित ट्रक हमलामा एक मुस्लिम परिवारका चार जना सदस्यको हत्या गरिएको प्रहरीले जनाएको छ ।
ओन्टारियो प्रान्तको लण्डन सहरमा उक्त हमलामा बाँचेका परिवारका एक मात्र सदस्य ९ वर्षीय बालकको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ भने घटनामा २० वर्षीय युवकलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
सन् २०१७ मा क्युवेक सहरको मस्जिदमा हमला गरी ६ जनाको हत्या गरे यता क्यानडामा मुस्मिल समुदायमाथि भएको सबैभन्दा ठूलो आक्रमण हो ।
घटनामा मारिनेमा ७४ र ४४ वर्षीया महिला, ४६ वर्षीय पुरुष र १५ वर्षीया बालिका रहेका छन् । एजेन्सीको साथमा ।