पशुपति शर्माको ‘लुट्न सके लुट’गीत फेरि युट्युवमा (हेर्नुस् भिडियो)
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २५, गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ फेरि युट्युवमा आएपछि राजनीतिक दबाब आयो । उनले दवाव थेग्न नसकेपछि त्यो गीत हटाएका थिए ।
परिमार्जन सहित सार्वजनिक गर्ने भनेर हटाएका पशुपतिले फेरी त्यो गीत फेरी युट्युबमा अपलोड गरेका छन् ।
उनले आफ्नो युट्युव च्यानलमार्फत उक्त गीत पुनः सार्वजनिक गरेका कारण सर्वसाधारणले हेर्न सक्नेछन् ।
दुईवर्षअघि युट्युवमा प्रिमियर भएको यो गीत राजनीतिक दबाबकै कारण शर्माले युट्युवबाट हटाएका थिए।
सो गीतमा अरबौंको हेलिकोप्टर राष्ट्रपतिलाई किनिएको, वाइडबडीको भ्रष्टाचारीमाथि कार्वाही नभएको, सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउनेजस्ता कुराहरु उल्लेख गरिएको छ।
भिडियो