टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीको प्रतिस्पर्धा

काठमाडों । जेठ २६, आगामी जुलाई २३ देखि अगष्ट ८ सम्महुँने जापानमा आयोजित टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले विभिन्न १२ खेलमा प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले खेल्ने पुष्टि गरेको छ ।
रिफ्युजी एथलेट प्रोग्रामका लागि आईसीसीको स्कलरसिपअन्तर्गत रहेका खेलाडीबाट शरणार्थी खेलाडी छनोट गरिएको आईओसीले बताएको छ ।
त्यसैगरी २९ खेलाडी मंगलबार भर्चुअल सेरेमोनीमार्फत पहिलो पटक भेटेका थिए र आईओसीका अध्यक्ष थोमस बाकले आधिकारिक रुपमा खेलाडीको सूची सार्वजनिक गरेका थिए ।
शरणार्थी खेलाडीहरु सिरिया, इरान, दक्षिण सुडान, अफगानिस्तान, क्यामरुन, भेनेजुएला र इरिट्रियाबाट आएका खेलाडीहरु छन् ।