एक महिलाले जन्माइन् एकसाथ दस बच्चा, अहिलेसम्मको रेकर्ड तोडिन्

काठमाडौं । जेठ २६, साउथ अफ्रिकामा एक महिलाले विश्वमा नै अहिलेसम्मको रेकर्ड तोड्दै दस बच्चाको जन्म दिएकी छन्।
एक महिनाअघि मोरक्कोको मालीमा एक महिलाले ९ वटा बच्चाको जन्म दिएकी थिइन्। त्यो रेर्कडलाई साउन अफ्रिकाकी गोसियामी धमारा सिटहोल नामकी महिलाले तोडेकी छन्।
समाचारअनुसार यी ३७ वर्षीया महिलाले ७ जुनमा दस बच्चाको जन्म दिएकी थिइन्। गर्भवती भएका बेला डाक्टरले ६ वटा बच्चा जन्मिन सकिने बताएका थिए। ती महिलाले शल्यक्रियाको माध्यमबाट बच्चाको जन्म दिएकी थिइन्।