गर्भ नबस्ने समस्याले तनाबमा हुनुहुन्छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, हाम्रो नेपाली समाजमा ‘इनफर्टिलिटी’ अर्थात् बाँझोपनको समस्या महिलाको कारण देखा पर्छ भन्ने गलत मान्यता रहेको पाइन्छ ।

तर, चिकित्सा विज्ञान क्षेत्रले भने बाँझोपनको समस्या महिलामा मात्र नभई पुरुषमा पनि समान रुपमा देखा पर्छ भन्ने कुराको पुष्टि गरिसकेको छ । सामान्यतयाः कुनै पनि महिलाको गर्भ नबसेको अवस्थामा त्यसमा महिला र पुरुष दुवैको ४० देखि ४५ प्रतिशतसम्म समान भूमिका रहन्छ । बाँकी १० प्रतिशत भने महिला वा पुरुष दुवैजना गर्भधारण गर्नको निम्ति योग्य हुदा हुँदै पनि कहिलेकाहीँ उनीहरुको गर्भ नबस्ने हुन्छ ।

केहि यस्ता घरेलु उपाय छन् गर्भ नबस्ने समस्याको केहि हद सम्म समाधान गर्न सकिन्छ ।

-ढाकको पातलाई पिसेर दुधसँग खानाले बाँझोपनको समस्या हट्छ ।

-समुद्री झारलाई पिसेर दहीसँग मिलाई खानाले बाँझोपनको समस्या घट्छ ।

-सुपारी र नागकेशरलाई बराबर मात्रामा मिलाई पिसे दिनको एक चिम्टी धुलो खानाले बाँझोपनको समस्या घट्छ ।

-महिनावारीको समयमा अश्वगन्धा खानाले सन्तान उत्पादन शक्ति बढ्छ ।

-पिपलको दानालाई सुकाएर पिस्नुहोस् । उक्त दानाको ३ ग्राम धुलो २५० ग्राम गाईको दुधसँग मिलाई खानाले बाँझोपन निको हुन्छ ।

-एक चम्चा नागरकेशरको धुलोमा १ चम्चा घ्यु मिलाई खानाले तथा गाईको दूध सेवन गर्नाले बाँझोपनको समस्या हट्छ ।

-महिनावारी भएको पाँच दिनपछि ४ चम्चा सस्यूँलाई पिसेर बिहान एक चम्चाका दरले पानीसँग खानाले बाँझोपन हट्छ ।

-काफललाई पिसेर त्यही मात्रामा मिश्री मिलाउनुहोस् । नुहाइसकेपछि ६ ग्रामका दरले उक्त औषधी पाँच दिनसम्म सेवन गर्नुहोस् । त्यसपछि यौन सम्पर्क गर्नाले गर्भ रहन सक्छ ।

-नागरदहलाई गाईको घ्यूसँग मिलाई योनीमा लगाउनाले बाँझोपन निको हुन्छ ।

स्रोतः ‘घरेलु आयुर्वेदिक’ उपचार पुस्तकबाट

 

 

 

प्रकाशित : 9 June, 2021

प्रतिक्रिया दिनुहोस्