के साच्चैं कट्रिना र विक्की प्रेममा छन् त ?
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २६, बलिउडमा नायिका कट्रिना कैफ र नायक विक्की कौशलको प्रेम चर्चा चलिरहेको छ ।
त्यस्तै केही दिन अगाडि मात्र विक्की कट्रिनाको अपार्टमेन्टमा घन्टौ बसेका थिए तर, बलिउडका कुनै कलाकार या मिडिया नै किन नहोस्, प्रेमको खबरलाई पक्का गरेका छैनन् ।
यसैविच, बलिउड नायक हर्षवर्धन कपुरले एक अन्तरवार्ताका क्रममा कट्रिना र विक्की प्रेममा रहेको खुलासा गरेका छन् ।
एक अन्तरवार्तामा हर्षवर्धनलाई बलिउडका कुन कलाकारको प्रेम सम्बन्धलाई तपाई साँचो वा पीआरको खेल मान्नुहुन्छ भनेर सोधिएको थियो । जसमा हर्षवर्धनले भनेका छन्–‘विक्की र कट्रिना साथमा छन् र यो साँचो कुरा हो । तर, यो कुरा भनेर कतै म समस्यामा त पर्दिनँ नी ?’