ट्रम्पले लगाएको एप्सहरू माथिको प्रतिबन्ध वाईडेनद्वारा रद्द
सहयात्रा टिभी
काठमाडौं । जेठ २७, अमेरिकी राष्ट्रपति जो वाईडेनले आफ्नो पहिलो विदेश यात्राको लागि प्रस्थान गर्नु अघि एक ठुलो निर्णय गरेका छन्।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ५ मा अमेरिकामा चिनियाँ एप्सहरूमाथिमा लगाएका प्रतिबन्ध हटाएको घोषणा गरेका छन् ।
त्यसपछि विच्याट र टिकटक सहित कुल ९ वटा चिनियाँ एप्सहरू प्रतिबन्धित गरेका थिए।
वाईडेनको यो कदम चीनका लागि सकारात्मक भएपनी ठुलो राहत दिने समाचार भने पक्कै होइन।
वाईडेन प्रशासनले ट्रम्पको कार्यकारी आदेश रद्द गरेको छ तर चीनको लागि राहत लामो समय सम्म नहुन सक्छ। यसको कारण हो, ह्वाइट हाउसको बयान।
ह्वाइट हाउसले यस विषयमा विचार गर्दैछौं र सकेसम्म छिटै नै सही निर्णय लिने छौँ भनेको छ।
‘न्यू योर्क टाइम्स’ का अनुसार २०१९ मा ट्रम्पले चिनियाँ कम्पनीहरूमा आक्रमण गर्न थाले। उनले अमेरिकी कम्पनीहरूलाई विदेशमा बनेका उपकरणहरू प्रयोग नगर्न आदेश दिए। यद्यपि यो अझै स्पष्ट छैन कि अमेरिकाको सुरक्षाका लागि कुनै एप्स खतरनाक पाएमा प्रशासनले के निर्णय लिन्छ।
ट्रम्पले प्रतिबन्ध लगाएका एप्सहरु ट्रिप, अलि पे , क्यामस्क्यानर, क्युक्यु वालेट, शेयरइट, टान्सेन्ट क्युक्यु, भीमेट, विच्याट र डब्लुपीएस हुन्। एजेन्सीहरुको साथमा ।


