सेनाको विमान दुर्घटना, १२ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ।

सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए।

राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो।

मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ।

 

प्रकाशित : 10 June, 2021

प्रतिक्रिया दिनुहोस्