अमेरिकाले ९२ मुलुकलाई खोप प्रदान गर्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ को जुनसम्ममा संसारभरका ९२ मुलुक तथा अफ्रीकन युनियनका सदस्यहरूको लागि ५०० मिलियन फाइजर भ्याक्सीन खरीद गरेर उपलब्ध गराउने घोषणा गरेका नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ।

आजको घोषणाको प्रमुख उद्देश्य जीवन रक्षा हो र यसबारेका थप विवरणहरू आउने दिनमा घोषणा गरिने दुतावासले जनाएको छ। जुनको अन्त्यसम्ममा ८० मिलियन भ्याक्सीन सहयोग गर्ने घोषणालाई निरन्तरता दिन र भ्याक्सीनको विश्वव्यापी पहुँच अझै बढाउन आएको हो।

 

प्रकाशित : 11 June, 2021

प्रतिक्रिया दिनुहोस्