केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, आइतबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९३ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार पनि सोही मूल्य कायम भएको छ ।

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्