आजदेखि लकडाउन खुकुलो, खुल्यो रेस्टुरेन्ट र सपिङ मलहरु

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण दर घट्दै गएपछि त्यहाँका मुख्यमन्त्री अरविन्द केजरिवालले आजदेखि लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेका हुन्।

त्यसैकारण आजदेखि दिल्लीका सपिङ मलहरु बिहान १० बजेदेखि राति ८ बजेसम्म खोल्न पाईने भएको छ भने ५० प्रतिशतभन्दा कम ग्राहक राखि रेस्टुरेन्टहरु पनि खुल्ने भएको छ ।

त्यस्तै सरकारी कार्यालयमा सतप्रतिशत र प्राइभेट कम्पनीहरुमा ५० प्रतिशत कर्मचारी राखेर ९ देखि ५ बजेसम्म खुल्न दिइने भएको छ। बस र मेट्रो पनि चल्न दिइने तर ५० प्रतिशत यात्रुमात्र राख्न पाइने बताइएको छ भने अटो रिक्साहरु पनि सामाजिक दूरी कायम राखेर खोल्न दिइने भएको छ।

तर शैक्षिक संस्था, धार्मिक वा राजनीतिक गतिविधि, जिम, सार्वजनिक पार्क, पार्टी प्यालेस बन्द नै रहने छ।

प्रकाशित : 14 June, 2021

प्रतिक्रिया दिनुहोस्