यस्ता छन् दालचिनी र मह मिसाएर खानुको फाइदा
काठमाडौं । असार २, दालचिनी प्रायः सबै घरमा पाइने मसला हो । यसमा भएका गुणले स्वास्थ्य र सौन्दर्य दुवैलाई फाइदा गर्छ । अझ यसमा मह पनि मिसाइयो भने त यसको असर दुईगुणा बढ्छ । यसका यस्ता फाइदा हुन्छन् । गाउँघरमा लोकल रक्सीमा समेत दालचिनी हालेर पकाउने गर्छन । जसले गर्दा रक्सीको स्वाद बढाउने प्रचलन अझै पनि विद्यमान छ ।
दालचिनी लगभग सबै घरमा मसलाको रूपमा प्रयोग गरीन्छ, तर के तपाईंलाई थाहा छ यो प्रतिरोध क्षमता बढाउन पनि प्रभावकारी छ। औषधीय गुणहरूले भरिपूर्ण दालचिनीको धेरै फाइदाहरू छन्। यसको प्रयोग पेट सम्बन्धि समस्याहरूमा पनि लाभदायक हुन्छ। त्यस्तै, महमा पनि केही समान फाइदाहरू छन्।द्यपि दालचिनी र मह दुबैको भिन्न फाइदाहरू छन्, तर यदि दुबैको मिश्रणले धेरै रोगहरूलाई निको पार्न मद्दत गर्दछ। यसको फाइदाको बारेमा जानौं ।
मोटोपना
एक गिलास पानीमा एक चम्चा दालचिनीको धूलो हालेर उमाल्नुस् । अनि यसमा दुई चम्चा मह हाल्नुस् । राति सुत्नुअघि यसको सेवन गर्नुस् ।
क्यान्सर
कलेजोको क्यान्सर र हड्डी बढेको समस्यामा दालचिनी र महको सेवन लाभदायक हुन्छ । दिनदिनै एक गिलास तातो पानीमा एक चम्चा दालचिनीको धूलो र एक चम्चा मह मिसाएर पिउनुभयो भने लाभ हुन्छ ।
मुटुरोग
चियामा दालचिनी हालेर पिउनुस् । यसको सेवनले हृदयाघातको सम्भावना घटाउँछ ।
रुघाखोकी
रुघाखोकी र गलाको समस्या भएमा एक चम्चा महसँग एक चिम्टी दालचिनी मिसाएर खाँदा छुटकारा पाइन्छ ।
सौन्दर्य
छाला र कपालको सौन्दर्य पनि दालचिनीले बढाउँछ । यसले छाला चम्काउँछ र चाउरी कम गर्छ । कागतीको रसमा मिसाएर दालचिनीको धूलो र मह दल्नुभयो भने डण्डीफोर हराउँछन् ।
जोर्नीको पीडा
जोर्नीको पीडा भएमा दिनदिनै एक गिलास तातो पानीमा दालचिनी मिसाएर सेवन गर्दा फाइदा हुन्छ । यसका अतिरिक्त मनतातो पानीमा दालचिनीको धूलो हालेर मालिस गर्दा पनि पीडा शान्त हुन्छ ।