कोरोनाबाट ब्राजिलमा एकै दिनमा करिब ३००० को मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार ३, ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट करिब तीन हजारको मृत्यु भएको छ ।
यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो ।
कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।
यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ ।
त्यसैगरी यहाँ भारतपछि सबैभन्दा धेरै नागरिक संक्रमित भएका छन् । एजेन्सी