स्वीस बैंकमा नेपालीको बचत एकै वर्षमा २२ अर्बको वृद्धि
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार ८, स्वीट्जरल्यान्डको केन्द्रीय बैंक स्वीस नेसनल बैंकमा नेपाली नागरिकले गरेको बचतमा दोब्बर गुणले वृद्धि भएको छ ।
गतसाता सार्वजनिक भएको वार्षिक विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ । सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण जारी प्रतिवेदनमा उल्लेख गरीएको छ ।
नेपालीको बचत सन् २०२० मा दोब्बर भएको देखिन्छ । यो रकम ब्याजसहितको हो । बैंकले बचतकर्ताको गोपनियता कायम राख्ने भएकाले बचतकर्ताको नाम र संख्या भने उल्लेख गरेको छैन । २२४ देशका नागरिकले स्वीस बैंकमा रकम बचत गरेको देखिन्छ ।