संसारकै वृद्ध गोही, ८५औँ जन्मदिवस मनाईयो

सहयात्रा टिभी

काठमाडौं । असार ९, दोश्रो विश्वयुद्धमा बाँच्न सफल तथा अहिले टिकटकमा निकै लोकप्रिय सेलिब्रेटीको रुपमा रहेको संसारकै पाको उमेरका मुजा नामक घडियाल गोहीले आफ्नो ८५औँ बर्थडे मनाएको छ ।

सांकेतिक तस्बीर

त्यस्तै मुजाले ८५औँ बर्थडे मनाएका तस्वीर तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सामान्यतया घडियाल गोहीको आयु ३० देखि ५० वर्षसम्म हुने गर्दछ । तर त्यसको झण्डै दोब्बर उमेरसम्म बाँच्न सफल यो घडियालले विनाशकारी दोश्रो विश्वयुद्ध मात्र भोगेन टिकटकमा स्टारसमेत बनेको छ ।

रुसको मस्कोस्थित चिडियाखानामा रहेको स्याटर्न नामक घडियाल मरेसँगै मुजा कृत्रिम वासस्थानमा पालिएको सबैभन्दा पाको उमेरको गोही बन्न सफल भएको छ ।

आफ्नो लामो जीवनकालमा मुजाले धेरै घटना भोगेको छ । दोश्रो विश्वयुद्धका बेला सन् १९४१ र १९४४ तथा सन् १९९९ मा नाटोले गरेको बम आक्रमणसमेत गरी बेलग्रेडमा भएका तिनवटा बम आक्रमणमा यो घडियाल बाँच्न सफल भयो ।

सो घडियाललाई खानाको रुपमा छाला काढिएको मुसा, खरायो, चरा तथा घोडा र गाईको मासु दिईन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित : 23 June, 2021

प्रतिक्रिया दिनुहोस्