४६ दशमलव ६ डिग्री तापक्रमको गर्मीले क्यानडाको जनजीवन अस्तव्यस्त
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार १५, अत्यधिक गर्मीले क्यानडाको केही शहरमा जनजीवन अस्तव्यस्त भएको छ ।
त्यस्तै पश्चिमी क्यानडास्थित ब्रिटिस कोलम्बिया प्रान्तको लाइटन शहरमा ४६ दशमलव ६ डिग्री तापक्रम पुगेको छ ।
क्यानडाका वातावरण तथा मौसमविद्हरुले पश्चिम क्यानडाका केही भूभागमा तापमान ४७ डिग्री पार गर्ने प्रबल सम्भावना रहेको बताएका छन् । यस्तो अवस्था अमेरिकाको क्यालिफोर्नियाबाट क्यानडाको आर्टिक क्षेत्रसम्म फैलिएको बताइएको छ ।