अत्याधिक गर्मीका कारण क्यानडावासीको जनजीवन अस्तव्यस्त (फोटो फिचर)

काठमाडौं । असार १७, क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो ।
क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको बिबिसीले जनाएको छ ।
गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० जनाले ज्यान गुमाइसकेको भ्यानकुभर प्रहरीले जनाएको छ।
त्यस्तै, संयुक्त राज्य अमेरिकाको उत्तर–पश्चिमी क्षेत्रमा पनि गर्मी अत्याधिक बढेकोले मानिसहरूले ज्यान गुमाएका छन्।
गत आइतबार अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थिएन।