चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी समारोह, सी चिनफिङले गरे सम्बोधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार १७, चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा चीनको राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरिएको छ।
स्थानीय समयअनुसार ८ बजेदेखि मनाउन थालिएको शतवार्षिकी समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका अलावा सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी पनि समावेश थिए।
कम्युनिस्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य थ्यानआनमन चोकमा भेला भएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गरे।
सबैको मेहनत तथा संघर्षपश्चात चीनले खुशीयालीयुक्त समाज निर्माण पूरा गरेको बताउँदै सीले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताए।
सीले चिनियाँ कम्युनिस्ट पार्टी नभएमा नयाँ चीनको स्थापना र राष्ट्रको पुनरूत्थान असम्भव भएको बताउँदै पार्टीको नेतृत्वमा सबै अडिग रहनुपर्ने बताए। ।
–रोयटर्स र सिन्ह्वा