पानीमा तैरिने ढुंगा भेटियो, दर्शनार्थीको भुँईचो

काठमाडौं । असार १७, त्रेतायुगमा भगवान रामले समुद्र पार गर्न ढुंगाको पुल बनाएको जनविश्वास रहेको छ।
त्यस्तै भारतको आग्रामा एउटा ढुंगा फेला परेको छ। आग्राको एटमादौला क्षेत्रको नुनिहाइ पञ्चायत चौत्रा नजिकै बस्ने सनी बुधवार यमुना नदीमा नुहाउन जाँदा नदीमा पानीको सतहमा एउटा ढुंगा तैरिरहेको देखे।
उनले त्यो ढुंगा घरमा ल्याए। उनले नजिकैको पसलमा गएर ढुंगा तौले। त्यसको तौल ८ किलो ९ सय ग्राम थियो। घर पुगेपछि सनीले परिवारलाई नदीमा तैरिरहेको ढुंगा पाएको खबर दिए तर सबैले उनको कुरा मजाकमा उडाए। त्यसपछि उनले एउटा ठूलो भरिएको भाँडोमा ढुंगा राखे जुन तैरिन थाल्यो।
नुनिहाइ बस्तीका मानिसहरूले उक्त ढुंगा नल–नीलले प्रयोग गरेको मध्ये नै हो भनेर विश्वास गरेका छन्। केहीले भने उक्त ढुंगालाई भगवान ठान्दै जय श्री रामको नारा लगाइरहेका छन्।
विज्ञानका अनुसार ज्वालामुखीको लाभाबाट निस्कने ढुंगा पानीमा तैरन्छन्। जसलाई ‘प्युमीस स्टोन’ भनिन्छ। एजेन्सी ।