बिहान चाँडै उठ्नुको फाइदाहरु
काठमाडौं । असार २०, जो मानिस ढिलोसम्म सुत्छन् वा राति धेरै बेरसम्म सुत्दैनन् उनीहरुमा डिप्रेशनको समस्या दुईगुणा बढी हुने तथ्य अगाडि आएको छ।
निन्द्राको कमी, एक्सरसाइजको अभाव, सँधै घरभित्र रहने र धेरै समय अध्याँरोमा बिताउनाले डिपे्रशन सहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ।
यदि तपाई विहान चाँडै नै उठ्नुहुन्छ र घरबाट निस्केर थोरै समय हिँडडुल गर्नुहुन्छ वा एक्सरसाइज गर्नुहुन्छ भने यसबाट कैयौं लाभपाउन सक्नुहुन्छ।
यस्ता छन् विहान चाँडै उठ्नुको फाइदाः
१. बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ भने शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि जरुरी छ ।
२. जो मानिस विहान छिटै उठेर एक्सरसाइज गर्छन् उनीहरुमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ ।
३. बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।
४. बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।