उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी
सहयात्रा टिभी
काठमाडौं । असार २०, काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको छ।

पछिल्लोपटकको थप निषेधाज्ञा सोमबारसम्म रहने छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन्।
सम्भवत आज बेलुकीसम्म बैठक बस्नेछ। सार्वजनिक यातायात जोर–बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।
थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू छन्।
