बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । मंसिर १ , सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको छ ।

अन्य पाँच जना घाइतेहरुको विवरण लिने कार्य तथा दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरू

१. चालक जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०८ बस्ने दीपक कुमार दास

२. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०७ बस्ने १७ वर्षीया रानी कुमारी मण्डल

३. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १४ वर्षीय पियुष गोहित

४. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १५ वर्षीय आयुष गोहित

५. जिल्ला धनुषा, शहीदनगर नगरपालिका –०२ बस्ने १२ वर्षीया रुबी गोहित

६. जिल्ला ललितपुर भैँसेपाटी बस्ने ३६ वर्षीया प्रियाङ्का साह

७. प्रियाङ्का साहकी १६ वर्षीया छोरी जेनी साह

८. प्रियाङ्का साहकी ११ वर्षीया छोरी सफलता साह

९. प्रियाङ्का साहकी ३ वर्षीया छोरी ओमी साह

प्रकाशित : 17 November, 2026

प्रतिक्रिया दिनुहोस्